एक्स्काभेटरको बकेटबाट सुत्केरी र बिरामी शिशुको उद्धार
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण खोलामा बाढी आएपछि एक सुत्केरी र बिरामी शिशुलाई एक्स्काभेटरको बकेटमा राखेर उद्धार गरिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ की २८ वर्षीया समीक्षा तामाङ र उहाँको २३ दिने बिरामी शिशुलाई अस्पताल पुर्याउन एक्स्काभेटरको बकेटमा राखेर खोला तारिएको हो ।

२३ दिने छोरा बिरामी भएपछि बाह्रबिसे खुर्सानी बारीसम्म एम्बुलेन्समा आफ्ना परिवारसहित आइपुगेकी तामाङ बाह्रबिसे बजार र खुर्सानीबारी बीचको साँधी खोल्सामा आएको बाढीका कारण ६ घण्टादेखि रोकिनुभएको थियो ।
बाढीले सडक सम्पर्क टुटाएपछि सडक खुलाउन आएको एक्स्काभेटरले बिचल्लीमा रहेका सुत्केरी तामाङ र उनका २३ दिने शिशु लगायत परिवारलाई बकेटमा राखी खोला तारिएको हो ।








प्रतिक्रिया राख्नुहोस्