बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालगन्ज । बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।
भेरी अस्पतालमा ११ वटा नमुना जाँच गर्दा १० जना र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट एक जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १९६ पुगेको छ । यस्तै २० हजार ७९८ जना निको भइसकेका छन् ।
बाँकेमा अहिले ४५ जना सक्रिय संक्रमित रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्