तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा सङ्कटको  फाइदा उठाउँदै पेट्रोल उद्योगहरूले अनैतिक रूपमा नाफा कमाए : महासचिव गुटरेस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पेट्रोल र ग्याँस उद्योगहरूले हाल जारी ऊर्जा सङ्कटको  फाइदा उठाउँदै अनैतिक रूपमा नाफा कमाएका आरोप लगाउनु भएको छ । 

महासचिव गुटरेसले पेट्रोल र ग्याँस उद्योगहरूलाई थप विशेष करहरू लागु गर्ने पर्ने धारणा राख्नु भयो । 

महासचिव गुटरेसले विषम परिस्थिमा विश्वमा गरिब समुदायबाट अत्यधिक नाफा उठाउनु लोभको एक उदाहरण भएको बताउनु भयो । 

रुस–युक्रेन युद्धको कारण भएको ऊर्जा सङ्कटको पृष्ठभूमिमा उच्च मुल्य वृद्धीको फाइदा उठाउँदै पेट्रोल र ग्याँस उद्योगहरूले अत्यधिक नाफा कमाएका बिबिसीले उल्लेख गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button