विद्यार्थीलाई कोरोना संक्रमण भएपछि विद्यालय बन्द
जुम्ला । जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृति विद्यालयका विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि विद्यालय बन्द गरिएको छ ।

बुधबार विद्यालयमा पुगेको स्वास्थ्यकर्मीको टोलीले ८८ जनाको नमुना परिक्षण गर्दा दुई विद्यार्थी र एकजना स्वास्थ्यकर्मी गरी तीन जनामा कोरोना पोजेटिभ देखाएको हो ।
दुई जना विद्यार्थीमा कोरोना पोजेटिभ देखाएपछि दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्