तपाईँ सुन्दै हुनुहुन्छः

दुग्ध सङ्कलन केन्द्र बेलौरीलाई चिलिङ्ग भ्याट प्रदान

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले दुग्ध सङ्कलन केन्द्र बेलौरीलाई दुग्ध चिलिङ्ग भ्याट प्रदान गरेको छ ।

बेलौरी नगरपालिका अन्तर्गतको पशु सेवा शाखाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दूध चिस्याउन प्रयोग गरिने दुग्ध चिलिङ्ग भ्याट खरिद गरी बुधबार सङ्कलन केन्द्रलाई हस्तान्तरण गरिएको पशु सेवा शाखा बेलौरीका प्रमुख तारादत्त अवस्थीले बताउनुभयो ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखक, दुग्ध वितरण आयोजना धनगढीका प्रमुख मोहन बहादुर खत्री, विभिन्न वडाध्यक्षहरू, दुग्ध डेरी सञ्चालक, पशुपालक किसान, सञ्चारकर्मी लगायतको उपस्थितिमा दुग्ध चिलिङ्ग भ्याट हस्तान्तरण गरिएको हो ।

दुग्ध सङ्कलन केन्द्र बेलौरीमा यसअघि रहेको दुग्ध चिलिङ्ग भ्याट बिग्रेको समयमा थोरै मात्र दूध सङ्कलन गरिन्थ्यो भने नयाँ चिलिङ्ग भ्याटमा ३ हजार लिटरसम्म दूध जम्मा गर्न सकिने बताइएको छ ।

बेलौरी नगरपालिकाको ८ लाख र दुग्ध वितरण आयोजना धनगढीको १ लाख ९९ हजार ५ सय ५१ रुपैयाँ लागत खर्च गरी जम्मा ९ लाख ९९ हजार ९ सय ५१ रुपैयाँ लागतमा दुग्ध चिलिङ्ग भ्याट खरिद गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button