पाल्पाको एक मात्र सिनेमा हल पुनः सञ्चालनमा आउने

पाल्पा । पाल्पाको एक मात्र सिनेमा हल स्तरोन्नतिसँगै सञ्चालनमा आउने भएको छ । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा रहेको सन्तोष चलचित्र मन्दिर केही समय अगाडीदेखि बन्द रहेको थियो । हल सञ्चालनमा आउने भएसँगै यहाँका चलचित्र प्रेमीहरू खुसी भएका छन् ।
विशालबजार तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन लागिएको सञ्चालक सर्जुमान लिगलले बताउनुभयो । हलको मर्मत तथा स्तरोन्नति गरेपछि सञ्चालन कार्य सुरु गरिएको छ।
वि.स. २०२४ सालमा स्वर्गीय भूयूमान लिगलले अनुमति पत्र लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कुलमा चलचित्र देखाउन सुरुवात गर्नुभएको थियो । त्यतिबेला दिउँसो पढाइ हुने स्कुलमा साँझको समय चलचित्र चल्थ्यो ।
जिल्लाकै एक मात्र चलचित्र हल कोरोना महामारी सुरु भएसँगै ०७६ को चैतदेखि बन्द अवस्थामा छ । नेपालकै पुरानोमध्येको हल अब स्तरोन्नतिसहित सञ्चालनमा आउने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्