तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ ।  वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । 

सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले रोजगारीका लागि बिदेसिएका नेपाली नागरिकहरूले न्यून ज्यालामा काम गरिरहेको भन्दै उनीहरूको श्रमको सुरक्षा र मर्यादित रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले घरेलु कामदारहरूले विदेशमा निकै दुःख भोग्नुपरेको भन्दै घरेलु कामदारका रुपमा श्रमिक पठाउँदा रोजगारदाता कम्पनीको अवस्था र कार्य व्यवहारलाई समेत अध्ययन गरेर पठाउनुपर्ने बताउनुभयो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन आफु लागि परेको भन्दै त्यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सीप नसिकेर वैदेशिक रोजगारीमा जानाले समस्या सिर्जना हुने गरेको भन्दै सीपयुक्त जनशक्ति उत्पादन गर्ने छुट्टै निकायको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button