सामाजिक अगुवा बस्नेतको निधनप्रति पौडेलद्वारा दुःख व्यक्त
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक अगुवा भीमबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
तनहुँको व्यास नगरपालिका–१ रत्यौली निवासी एक सय वर्षीय बस्नेतको निधनप्रति वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गर्नुभएको हो ।
पौडेलले आज शोक वक्तव्य जारी गरी बस्नेतको निधनले एक कुशल सामाजिक एवं राजनीतिज्ञ गुमाउनुपरेको उल्लेख गर्नुभएको छ । पौडेलले स्व बस्नेतका छोरा एवं व्यास–१ का वडा सदस्य मणिजङ बस्नेतलगायत समस्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
बस्नेतको शनिबार राति निवासमै निधन भएको हो । राप्रपा तनहुँका संस्थापक समेत रहनुभएका बस्नेतको सामाजिक एवं राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको थियो । बस्नेतले दमौलीका विभिन्न शैक्षिक तथा सामाजिक सङ्घसंस्थामा रहेर योगदान पुर्याउनुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्