तपाईँ सुन्दै हुनुहुन्छः

‘काठमाडौँ विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको ।

विश्वविद्यालयको ९३ औँ सभाको बैठकमा मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाए मात्र विदेश जानेहरूलाई कम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button