समाजवादी प्रेस सङ्गठन बाराको अध्यक्षमा अजय साह

बारा । समाजवादी प्रेस सङ्गठन नेपाल, बाराको प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्वसम्मतिमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
कलैयामा आज सम्पन्न प्रथम जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरूमा पवन विक, विजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्तालगायत निर्वाचित हुनुभएको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा विशेष सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।







प्रतिक्रिया राख्नुहोस्