तपाईँ सुन्दै हुनुहुन्छः

इरान बाढी : ५९ जनाको मृत्यु, ३० बेपत्ता

तेहरान । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । 

हालसम्म एक हजार तीन सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ । 

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घ सङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button