तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक वर्षमा ३१ हजार बढीले लिए नागरिकता

भद्रपुर, झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८/७९ मा ३१ हजार बढीले नागरिकता लिएका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिनुभयो ।

वंशजका आधारमा २० हजार २४१ र वैवाहिक अङ्गीकृतका आधारमा ५ सय ४९ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् भने प्रतिलिपि १० हजार २ सय ४१ जनाले नागरिकताको प्रतिलिपि बनाएको कार्यालयले जनाएको छ ।

यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । अघिल्लो आव २०७७÷७८ मा १३ हजार २४ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्य प्रभावित भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button