तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

काफ्लेलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button