तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा भूकम्पले एक घर भत्कियो

भोजपुर । भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ  । भूकम्पले स्थानीय प्रमोद हलवाई घर भत्किएको हो ।

आज बिहान खोटाङ केन्द्र विन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले  चर्किएर जीर्ण बनेको थियो ।   

यस बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका  अनुसार आज बिहान ८ बजेर १३ मिनेट खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button