राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाट अलग गर्नुको कारण जानकारी गराउन निर्देशन

काठमाडौँ । संघीय संसद्को महिला तथा सामाजिक समितिले राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाट अलग गर्नुको कारण लिखित रुपमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
थारु आयोगको वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाट अलग गरिनुको कारण लिखित रुपमा समितिलाई जानकारी गराउन निर्देशन दिएको हो ।

यस्तै, समितिले सिकल सेल एिनिमिया तथा थालासेमिया जस्ता रोगको उन्मूलन गर्ने गरि कार्य योजना बन्न नसक्नुको कारण र थारुहरूको बाहुल्य क्षेत्रमा थारु आयोगको कार्यालय स्थापना नगरिनुको कारण १५ दिनभित्र लिखित रुपमा समितिलाई जानकारी गराउन पनि थारु आयोगलाई निर्देशन दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्