“सफा हेटौँडा अभियान” नगरका सबै वडामा सुरु
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबै वडामा “सफा हेटौँडा अभियान” सुरु भएको छ ।
सुन्दर र हरित सहरको रुपमा चर्चामा रहेको हेटौँडालाई थप आकर्षक बनाउने उद्देश्यका साथ गत साताबाट सुरु भएको “सफा हेटौँडा अभियान” लाई उपमहानगरका सबै वडाहरूमा सञ्चालन गरिएको हो ।
बजार क्षेत्रमा रहेको सुन्दरतालाई नगरभरि लैजाने उद्देश्य अनुसार अभियानलाई वडा तहमै लगिएको हेटौँडा उपमहानगरकी मेयर मिनाकुमारी लामाले बताउनुभयो ।
अभियान अनुसार हेटौँडा १ र ११ को सिमाना बुद्धपार्क देखि भैरव डाँडा जाने सडक छेउमा वृक्षारोपण गरिएको थियो ।
हेटौँडा उपमहानगरको आयोजना र टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा हेटौँडालाई थप सुन्दर बनाउने अभियानलाई नगरबाट वडा हुँदै टोलसम्म पुर्याउने गरी काम थालिएको उपमहानगरपालिकाले जनाएको छ ।
सुन्दर हेटौँडा निर्माणको अभियानलाई उपमहानगरका १९ वडामा रहेको ३५० टोल विकास संस्था मार्फत कार्यान्वयनमा लाने तयारी छ ।
हेटौँडा–४ हुप्राचौरबाट सुरु भएको सफाइ अभियान नगरका सबै वडामा अध्यक्षको नेतृत्व र टोल विकास संस्थाको सक्रियतामा हप्ताको २ घण्टा श्रमदान मार्फत सञ्चालन गरिने बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्