तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोट गुठीको साधारणसभा सम्पन्न

दोलखा । चरिकोट गुठीको १३ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा गुठीका संस्थापक स्व. धनबहादुर श्रेष्ठ र स्व. हर्क बहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यसैगरी गुठियारहरू स्व. निल बहादुर श्रेष्ठ, स्व. लेखबहादुर श्रेष्ठ र स्व. देवीबहादुर श्रेष्ठको परिवारलाई समवेदना पत्र प्रदान गरिएको छ । त्यसैगरी चरिकोट गुठीका सदस्य भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी र ८० बर्ष पुग्नुभएका ज्येष्ठ नागरिक बाबुराम श्रेष्ठलाई सम्मान गरिएको छ ।

चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा सचिव विपिन श्रेष्ठले आगामी कार्ययोजना तथा प्रगति प्रतिवेदन र उपाध्यक्ष नारायणभक्त श्रेष्ठले कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख ईश्वर नारायण मानन्धर, वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, पशुपति कन्या मन्दिर माविका प्रधानाध्यापक गोविन्द नारायण मानन्धर, लालिगुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रवीण श्रेष्ठ र नागेश्वर मृतक राहत कोष जिल्ला सदस्य कवीन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button