तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर ज्यान गएकाका आफन्तलाई जनही २ लाख सहयोग

अछाम । पहिरोमा पुरिएर ज्यान गुमाएकाका आफन्तलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका २ भुलुमा गत साउन ८ गते राति पहिरोमा पुरिएर ज्यान गुमाएकाका आफन्तलाई प्रतिव्यक्ति २ लाखका दरले राहत रकम वितरण गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।

गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय मार्फत तुर्माखाँद २ भुलु निवासी स्थानीय अमर बिष्टका भाउजू ४५ वर्षीया हरिकला बिष्ट, भाइ २५ वर्षीय वीरेन्द्र बिष्ट र भतिजा १५ वर्षका संविधान विष्टका आफन्तलाई जम्मा ६ लाख नगद राहत प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीद्वारा हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरणमा प्रमुख जिल्ला अधिकारी मरासिनी, प्रहरी नायब उपरीक्षक नारायण डाँगी, गाउँपालिका अध्यक्ष बिसी लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता थियो ।

पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको ज्यान जानुका साथै एक जना घाइते भएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button