तुर्माखाँदमा ३ दिने घुम्ती शिविर सुरु
अछाम । अछाम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तुर्माखाँद गाउँपालिकामा ३ दिने घुम्ती शिविर सुरु भएको छ ।
जिल्ला सदरमुकाम मङ्गलसेनबाट १ दिन बढीको पैदल दूरीमा पर्ने तुर्माखाँदमा नागरिकलाई घरदैलोमै सेवा दिन शिविर सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाको केन्द्र तुर्माखाँदमा शिविर सुरु भएको हो ।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकता हराएका तथा नष्ट भएकाको लागि प्रतिलिपि प्रदान, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता लगायतका सेवा प्रदान भइरहेका छन् ।
शिविरमा स्थानीयको उत्साहजनक सहभागिता भइरहेको र घरदैलोमै सेवा पाउँदा खुसी भएका तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।
शिविर यसअघि जिल्लाको ढकारी गाउँपालिकामा सञ्चालन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्