तपाईँ सुन्दै हुनुहुन्छः

बारागढीमा बोक्सी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम

बारा । बोक्सी प्रथाविरुद्ध जनचेतना जगाउने उद्देश्यले बाराको बसतपुरमा ‘कुनै मान्छे बोक्सी हुन्न कहिल्यै’ शीर्षकको चलचित्र प्रदर्शन गरिएको छ ।

बारागढी गाउँपालिका–१ प्रिप्रा बसतपुर स्थित श्री जनता आधारभूत विद्यालयमा कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय बारागढी बाराद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा २ सय ३२ जनाको सहभागिता रहेको थियो ।

‘कुनै मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने सचेतनामुलक चलचित्र हिजो फेटा गाउँपालिकामा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button