ग्रामीण पत्रकारिता पुरस्कार रेडियो मेलम्चीलाई

सिन्धुपाल्चोक । इन्जा अन्तर्राष्ट्रिय ग्रामीण पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकको सामुदायिक रेडियो, रेडियो मेलम्ची पुरस्कृत भएको छ । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एक कार्यक्रम बीच रेडियोका संस्थापक अध्यक्ष सरोज ढुङ्गानालाई पुरस्कार वितरण गर्नुभयो ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको रेडियो मेलम्चीलाई प्रदान गरेको छ । इन्जा निर्णायक मण्डलले पचास–पचास हजार राशि सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई प्रदान गरेको हो ।
ग्रामीण आवाजलाई उजागर गर्ने उद्देश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले उक्त पुरस्कार प्राप्त गरेको हो ।
त्यसैगरी एक लाख राशिको सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई, पचास–पचास हजार राशि सहितको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गरेको इन्जाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्