तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशबाट स्वास्थ्य स्वयंसेविकाको मृत्यु

झापा । सर्पदंशबाट झापामा एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–११ बनिया गाउँ निवासी ५१ वर्षीया रुपा मैनाली (उप्रेती) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति साँढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेको थियो । उनलाई तत्काल उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र सोही अस्पतालमा उपचारको क्रममा राति साँढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button