६० लाखभन्दा बढी मूल्यको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
वीरगन्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ६० लाख भन्दा बढीको भन्सार छलीका सामाग्री सहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले ना.६ ख. ९९०५ नम्बरको ट्रकबाट बिल बिजक भन्दा फरक भएका इलेक्ट्रोनिक्स सामान, औषधी सहितका अन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ बराबरको सामाग्री र ३० लाख रुपैयाँ बराबरको ट्रक सहित ९० लाख ७५ हजार ४ सय १६ रुपैयाँ मूल्याङ्कन गरि बरामद सामाग्रीसहितको ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्