प्रतिनिधिसभा : विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारी छ ।
सांसद शिवमाया तुम्बाहाम्फेले बलात्कारका आरोपी शिद्धबाबा खुलेआम हिँडिरहेको र उनले चलाएको महायज्ञमा सरकारका मन्त्रीहरूसमेत सहभागी भएकोप्रति आपत्ति जनाउनुभयो ।
सांसद प्रकाश रसाइलीले दैलेखको गुराँस गाउँपालिकामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रबाट छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
यसअघि शून्य समयमा सांसदहरुले सडक व्यवस्थापन, प्राविधिक शिक्षामा देखिएको समस्या, स्थानीय तहमा कर्मचारी नियुक्ति हुन नसकेको, विधेयकलाई चाँडो अघि बढाउनुपर्ने, शिक्षा ऐनलाई समय सापेक्ष बनाउनुपर्ने, सुकुम्बासी समस्याका विषय उठाउनुभएको छ ।
यस्तै उहाँहरूले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाउन नसकेको, बाल विकास सहजकर्ताको पारिश्रमिकमा विभेद भइरहेको लगायतका विषयहरू उठाउनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठक जारी छ ।







प्रतिक्रिया राख्नुहोस्