तपाईँ सुन्दै हुनुहुन्छः

चिप्लिएर नारायणी नदीमा खस्दा एकजना बेपत्ता

चितवन । चिप्लिएर नारायणी नदीमा खस्दा एकजना पुरुष बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने गोरखा आरुघाटका ४५ वर्षीय रमेश खनाल बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ पाँच बजे भरतपुर महानगर पालिका वडा नम्बर १ को जोरकुसुम पार्कको चौतारा मुनि सफा गर्ने क्रममा उनी चिप्लिएर नारायणी नदीमा खसेका थिए । 

उनी खसेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चितवनको टोली उद्धार कार्यमा खटिई खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button