पर्साका १४ वटै पालिकामा भूमि आयोग गठन गर्ने सम्झौता
बीरगंज । पर्साका १४ पालिकामा पालिका स्तरीय भूमि आयोग गठन गरी भूमिहीनहरूलाई जग्गा तथा लालपुर्जा उपलब्ध गराइने कार्य अगाडी बढ्ने भएको छ ।
राष्ट्रिय भूमि आयोग पर्साद्वारा जिल्ला समन्वय समितिको सभा हलमा आज आयोगका केन्द्रिय सदस्य राघो राय यादवको उपस्थितिमा पालिकाका प्रमुखहरुले कार्य सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य यादवले पर्साको १४ वटा पालिकामा वडा स्तरदेखि पालिका स्तरसम्म राष्ट्रिय भूमि आयोग गठन गरी समस्यालाई समाधान गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्साका १४ वटै पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सहभागिताको लागि आयोजकले बोलाएको भए पनि केही पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता नहुँदा आयोजकले असन्तुष्टि ब्यक्त गरेका थिए ।
कार्यक्रममा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकहामैनपुरका अध्यक्ष सुरेश मेहता, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सखुवाप्रसौनिका अध्यक्ष जसवन्त यादव र पोखरीया नगरपालिकाकी उपमेयर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको नापी कार्यालयका सदस्य सचिव नारायण कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्