तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा एक वर्षमा करिब १ हजार ३ सय जना लागुऔषध सहित पक्राउ

जनकपुरधाम । मधेश प्रदेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २ सय ८५ जनालाई प्रहरीले पक्राउ गरेका छन् । 

आर्थिक वर्ष २०७८÷७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २ सय ६० पुरुष र २५ महिला गरी कूल १ हजार २ सय ८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ । 

लागुऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८ सय ६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९ सय ८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोइन, २१३ लिटर डाईलेक्स डिसी, ७० हजार १ सय २४ पिस लागू औषध ट्याब्लेट र ३९ हजार ६७ पिस लागुऔषध इन्जेक्सन बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

खुल्ला सिमाना भएको र भारतमा बिक्री गर्नमा निषेध नभएका औषधिहरू खरिद गरेर नेपाल ल्याई बिक्री वितरण गर्ने गरेका छन् । खास गरेर किशोर किशोरीहरूको सङ्ख्या अधिक रहेको पनि प्रहरीको तथ्याङ्कमा रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button