चितुवाको छालासहित दुई जना पक्रा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभुलीबाट चितुवाको छाला दुई थान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेटी) र अमरगढी नगरपालिका वडा नम्बर २ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभुलीस्थित धान बारीमा उनीहरूले उक्त छाला लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्