एसइईमा रुपन्देहीका ५ विद्यार्थीले ल्याए ४ जीपीए
रुपन्देही । रुपन्देहीका एक सामुदायिक र दुई संस्थागत विद्यालयका ५ जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जीपीए ल्याएका छन् ।
जिल्ला शिक्षा इकाई रुपन्देहीले जिल्लामा ५ जनाले ४ जीपीए ल्याएको जनाएको छ । सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका छात्र विवेक न्यौपाने ४ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यालयबाट ६०६ जना विद्यार्थी एसइईमा सहभागी थिए ।
त्यस्तै संस्थागत अक्सफोर्ड माविका बिलक्षण भुसाल र दिपेश भुसालले ४ जीपीए ल्याएको प्राचार्य दिनेश भुसालले जानकारी दिए ।
बुटवलकै अर्को न्यू होराइजनका स्प्रीया ढकाल र विमर्श ज्ञवालीले जीपीए ४ ल्याएको प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । रुपन्देहीको यस वर्ष एसइई नतिजामा सुधार ल्याएको छ । रुपन्देहीले हरेक वर्ष ४.० जीपीई ल्याउँदै आएको छ ।
रुपन्देहीका ३३५ विद्यालयका १७ हजार ६९३ जना विद्यार्थी परीक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कूल उत्तीर्णको १७.४५ प्रतिशत हो ।







प्रतिक्रिया राख्नुहोस्