तपाईँ सुन्दै हुनुहुन्छः

निमित्त कार्यालय प्रमुखसहित ९ जनामाथि मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, वडा नं. १० का वडा अध्यक्ष, सव–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित ९ जनामाथि गैरकानूनी लाभ तथा हानी पुर्‍याई २३ लाखभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख बुढासहित कार्यालयका सव–इन्जिनियर राजेन्द्र शाही, कार्यालयका कर्मचारीहरू मणिचन्द्र विक, विश्वास उपाध्याय, वडाअध्यक्ष धर्मदत्त सावतले छायानाथ रारा नगरपालिका–१० स्थित तीन मुखेदेखि कृषि सिँचाइ आयोजनाको यथार्थ नाप जाँचसहितको मूल्याङ्कन नगरी मिलेमतोमा २३ लाख १० हजार भन्दा बढी रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढाले आफूलाई गैरकानूनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याई आयोगको भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button