साझा सहमति जुटाएर प्रदेशको नामाकरण गर्न झापाका पहिचानवादीको आग्रह
झापा । विभिन्न माग र विकल्पहरू बीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी सङ्घसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।
उनीहरूले विभिन्न पक्षको माग र विकल्पहरूमा साझा सहमति जुटाउन वृहत् गोलमेच छलफल गर्नसमेत प्रदेश सरकारसमक्ष माग गरेका छन् ।
संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले विवाद र द्वन्द्वरहित ढंगले साझा सहमतिको आधारमा यथाशीघ्र प्रदेश नामाकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् ।
छलफल र संवादको माध्यमबाट प्रदेश नामकरणको विषय टुङ्ग्याउन आग्रह गर्दै नामकरणको लागि आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरूको आग्रह छ ।

छलफलमा आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, संघीय लिम्बुवान मञ्चका झापा अध्यक्ष नगेन्द्र राई, कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टी झापाका पूर्व अध्यक्ष पर्शुराम मगर लगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्