खुम्बुमा तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ हुने
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ ।
प्रथम गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको सम्झनामा तेस्रो स्मृति गोल्ड कप अन्तरगत पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हुने प्रतियोगिता आगामी भदौ ९ बाट सुरु भएर ११ गते सकिने आयोजक नाम्चे युवा समूहले जनाएको छ ।
पालिका भित्रका युवा समूह÷क्लब÷वडा÷विद्यालय÷सामुदायिक वन लगायतले प्रतियोगितामा सहभागी जनाउन सक्ने खेल संयोजक लामाकाजी शेर्पाले बताउनुभयो ।
प्रथम स्थान ओगट्न सफल टिमलाई रु. पाँच लाख बराबरको गोल्ड कपको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः नगद रु.६० र रु.४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रथम हुने टिमले प्राप्त गर्ने गोल्ड कप अर्को बर्ष प्रतियोगिता आयोजना गर्ने संस्थाले पाँच लाख रुपियाँमा सोही कप खरिद गर्ने संयोजक शेर्पाको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्