मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

क्वालालम्पुर। मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, न्युजिल्याण्डमा हालसम्म १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्