सुर्यबिनायकमा बजार अनुगमन तीव्र
भक्तपुर । महँगी र कालोबजारीले उपभोक्ता मारमा परेको गुनासो बढेसँगै भक्तपुरमा बजार अनुगमन तीव्र पारिएको छ ।
सोमबार र मङ्गलवार सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईको नेतृत्वको टोलीले नगरपालिकाभित्रका विभिन्न ठाउँका खाद्यान्न तथा किराना तथा ग्यास पसलमा अनुगमन गरेको छ ।

टोलीले बालकोट र सुर्यबिनायक लगायतका क्षेत्रका विभिन्न पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्य सूची नराखेको पाइएको र ढक तराजु गुणस्तर तथा नाप तौल विभागबाट प्रमाणीकरण नगराएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।
बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिकाभित्र निरन्तर अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्