तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि नगर व्यवस्थापनमा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सहितका पदाधिकारीहरू नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै नगरको व्यवस्थापनमा जुट्नुभएको छ ।

प्रमुख मनोज कुमार साहको आदेशमा नगरका प्रमुख ठाउँहरूमा सडक पेटी जाम गरेर राखिएको पसल हटाउने काम भएको छ । जनकपुरधामको रामानन्द चौकदेखि जानकी मन्दिरसम्म, राम मन्दिरदेखि जनक चौकसम्म, जनक चौकदेखि जानकी मन्दिरसम्म, पेठीया बजारदेखि महावीर चौकसम्मको बाटोमा रहेका फुटपाथका पसलहरू हटाउने काम भएको छ ।

स्थानीयवासी, व्यापारी, युवा, क्लब तथा स्थानीय प्रहरी प्रशासनको सहयोगमा मान्छे हिँड्ने सडक पेटीमा भएका पसल हटाउने काम भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो । उहाँले पसलभित्र नै सामानहरू राखेर व्यापार गर्नका लागि व्यापारीहरूलाई आग्रह गर्नुभयो ।

सडक पेटीमा नै ठेला गाडामा राखेर सञ्चालन भएको पसलहरू हटाउने काम भएपछि सडक फराकिलो देखिनुको साथै सडकमा हुने गरेको ट्राफिक जामको समस्यामा कमी आएको छ । खास गरेर सडकमा नै ठेला गाडा राखेर पसल थाप्ने गरेका कारणले सडक अस्तव्यस्त बनेर ट्राफिक जाम हुने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button