तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

भद्रपुर, झापा।झापाको हल्दिवारीबाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिजो सोमबार एकजनालाई पक्राउ गरेको हो ।

बालिकाले छिमेकीबाटै बलात्कृत भएको बताएपछि परिवारले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति चालक हुन् । प्राप्त सूचना अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button