युरोपेली सङ्घलाई पाइपबाट गर्ने ग्याँस निर्यातलाई व्यापक रूपमा कटौती गर्ने रुसी ऊर्जा कम्पनीको घोषणा

काठमाडौँ । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले युरोपेली सघंलाई पाइपबाट गर्ने ग्याँस निर्यातलाई व्यापक रूपमा कटौती गर्ने घोषणा गरेको छ ।
ऊर्जा कम्पनी ग्याजप्रोमले कटौती गर्नुको कारण ग्याँस लाइनको मर्मत गर्नु रहेको बताएको छ ।
ग्याजप्रोमका अनुसार “नोर्ड स्ट्रिम एक” पाइपलाइन बन्द गर्दा युरोपेली सङ्घमा ग्याँस निर्यात २० प्रतिशतले घट्ने छ ।
जर्मन सरकारले कुनै प्राविघिक कारण बिना ग्याँस निर्यातमा रोक लगाइएको आरोप लगाएको छ ।
युरोपेली राष्ट्रहरूमा अहिले हुने ग्याँस आयातको कटौतीले आगामी हिउँदमा चाहिने भण्डारणमा गम्भीर असर पर्ने बिबिसीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्