तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट चोरीको २ वटा मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो हेटौँडा–१० बसपार्कमा सवारी साधनहरू रोकी सुरक्षा जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सिसीको बजाज पल्सर (एनएस) मोटरसाइकल र चालक मकवानपुरको बागमती गाउँपालिका–४ राई गाउँका २३ वर्षीय बिछोड लामा र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित बकैया गाउँपालिका–२ का ३३ वर्षीय तीर्थमान लामा भोलनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिइएको मोटर साइकलसहित कारबाहीका लागि लामा र भोलनलाई प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button