तपाईँ सुन्दै हुनुहुन्छः

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

नयाँ दिल्ली । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार शपथ लिनु भएको छ ।

भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले शपथ खुवाउनु भएको हो । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा शपथ खुवाउने व्यवस्था छ ।  

नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई शपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा जानु भएको थियो ।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ । वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button