तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी गर्न खोज्ने दुईजना प्रहरी नियन्त्रणमा

रुपन्देही । युवतीलाई व्ल्याकमेलिङ गरी जबरजस्ती करणी गर्न खोज्ने दुई जनालाई रुपन्देहीको सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवतीले फेसबुकमा राखेको तस्बिरको दुरुपयोग गरी बेइज्जत गरिदिने धम्की दिँदै भेट्न बोलाएर जबरजस्ती करणी प्रयास गरेका गैंडहवा गाउँपालिका वडा नं. ९ का २१ वर्षीय जगन्नाथ मल्लाह र गैंडहवा १ का १७ वर्षीय युवक पक्राउ परेका हुन् । एक डेढ बर्ष पहिले ती युवतीले आफ्नो मोबाइलमा खिचेका निजी तस्बिरहरू फेसबुक आइडी चलाउने व्यक्तिले फेला पारेर युवतीको बहिनीलाई पठाएको र त्यसैबाट उनीहरूले डाउनलोड गरी ब्ल्याकमेलिङ गर्न सुरु गरेको प्रहरीको भनाई छ । 

उनीहरूले ती युवतीको फोटो बहिनीलाई पठाउँदै आफूले भनेजस्तो गर्न नमानेमा फेसबुकमा भाइरल गराइदिएर बेइज्जत गरिदिने भन्दै बार्गेनिङ गरेको पीडितको भनाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो ।

इज्जत बचाउने हो भने आफूले भनेजस्तो गर अन्यथा तस्बिर सार्वजनिक गरिदिने भन्दै बहिनीलाई धम्कीपूर्ण म्यासेज र फोन गर्न थालेपछि बदनाम हुने डरले ती युवती भेट्न गएको मरासिनीले बताउनुभयो । युवाहरूको धम्कीपछि साउन ७ गते साँझ पौने आठ बजेतिर सैनामैना नगरपालिकाको कलौनीमा पुगेकी युवतीले उनीहरूलाई भेटी फोटो डिलिट गर्न आग्रह गरेको र उनीहरूले अलि पर गएर डिलिट गरौँला भन्दै कन्चन गाउँपालिकाको हात्तिबजार पुर्‍याएको प्रहरीको भनाइ छ ।

उनीहरूले फोटो डिलिट गरिदिने भन्दै अटोमा हालेर कलौनीदेखि दुई किलोमिटर तल कञ्चन गाउँपालिकाको हात्तिबजारमा लगेर जबरजस्ती करणीको प्रयास गरेको र त्यसपछि युवती भाग्दै गर्दा गस्तीको प्रहरीले फेला पारेको मरासिनीले बताउनुभयो ।

मरासिनीले युवकहरूले जबरजस्ती करणी प्रयास गरेपछि भागेर हिँडेकी युवतीलाई प्रहरीको गस्ती टोलीले राती पौने ११ बजेतिर फेला पारि उद्धार गरेको बताउनुभयो । युवतीको बयानपछि युवकहरूको खोजीमा लागेको प्रहरी टोलीले रातको १ बजेतिर सैनामैना नगरपालिका वडा नं ७ देउवापारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । कण्डमसहित पक्राउ परेका उनीहरूलाई जबरजस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button