तपाईँ सुन्दै हुनुहुन्छः

पोखरालाई सहासिक खेलकुदको हब बनाउनु पर्छ”: मन्त्री श्रेष्ठ

कास्की ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई सहासिक खेलकुदको केन्द्र बनाउनु पर्ने बताउनुभएको छ ।

नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरूले गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । मन्त्री श्रेष्ठले पोखरा म्याराथन देशकै जेठो म्याराथन भएकोले यसको शाखा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट रहेको बताउँदै पोखरालाई सहासिक खेलकुदको गन्तव्य बनाउने धारणा राख्नुभयो ।

उहाँले भन्नु भयो “यहाँ निकै सम्भावना छ हाम्रो मन्त्रालय पोखरालाई सहासिक खेलकुदको गन्तव्य बनाउन गम्भीर रूपले अगाडी बढ्ने छ ।”पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको सहभागिता रहेको कार्यक्रममा पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मन्त्रालयले सहयोग गर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सिटी म्याराथनको अवधारणामा अघि बढेका काठमाडौँ म्याराथन, नेपालगञ्ज म्याराथन र पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त बनाउन बनाउन रुट मापनका लागि प्राविधिकका लागि आफ्नो सहयोग रहने बताउनुभयो ।

“धेरै भन्दा धेरै विदेशी खेलाडी निम्त्याउन पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुटको मापन आवश्यक छ । यसका लागि मेरो सहयोग रहनेछ,” मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button