तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम र विकट क्षेत्रको विकास अपरिहार्य : मन्त्री कुँवर

अछाम।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देशका दुर्गम र विकट क्षेत्रको विकास नै देशको विकास भएकाले यसतर्फ तीनै तहको सरकारको ध्यान जानुपर्ने बताउनु भएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला अछाम पुग्नुभएका मन्त्री कुँवरले देश विकास र उद्योगधन्दाकाे विकास गरि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

आज बिहान साँफेबगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कुँवरले देशको चौतर्फी विकासका लागि देशका सबै राजनीतिक दल एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेश र त्यसमा पनि अछाम लगायतका पहाडी जिल्लाहरूमा अझै पनि जनता स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, रोजगार, विपद् लगायतका समस्यामा रहेकाले यसतर्फ स्थानीय र प्रदेश सरकारले बढी ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

हरेक श्रमको सम्मान गर्नुपर्ने बताउँदै मन्त्री कुँवरले देशभित्रै रोजगारीको सृजना गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सके मात्रै देशले विकासको फड्को मार्ने बताउनु भयो ।

मन्त्री भएपछि पहिला पटक अछाम पुग्नुभएका मन्त्री कुँवरलाई जिल्लावासीले स्वागत समेत गरेका छन् ।जिल्लाको चौरपाटी गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगरमा मन्त्री कुँवरको स्वागत मन्त्री कुँवर केही दिन जिल्ला समन्वय समितिको समीक्षा लगायतका जिल्लाका कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button