तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाकाे मृत्यु, एक गम्भीर घाइते

अछाम।निरन्तरकाे वर्षा पछि आएको पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी नैना विष्ट गम्भीर घाइते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिनुभयो ।

अहिले स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।बर्षापछि घर माथिबाट आएको पहिरोका कारण दुःखद घटना भएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।
घटनाबारे थप क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button