तपाईँ सुन्दै हुनुहुन्छः

बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा । बाग्लुङ्गको बुर्तिवाङ्गबाट  बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका– २ केही समय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै  मृत्यु  भएको छ ।  भने १६ जना घाइते भएका छन् । 

बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको  लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका –२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै  मृत्यु भएको वडा न २ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

दुर्घटनाका घाइतेहरूलाई  जिल्ला  प्रहरी कार्यालयको  टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको  जनाएको छ । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी छ । बस बेलुका करिब ५ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरूको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button