तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा ठूलो परिणाममा काठ बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीको टोलीले वीरगञ्जको परसवाबाट ठूलो परिणाममा तयारी झ्याल, काठका चौकस र सालको गोलिया बरामद गरेको छ ।

सशस्त्र प्रहरीको बेल्वास्थित बेश क्याम्पबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–३२ परसवा गाउँस्थित एक गोठमा अवैध रुपमा लुकाइछिपाई राखिएको अवस्थामा ३ लाख १६ हजार भन्दा बढी मूल्य पर्ने सालका १३ थान तयारी झ्याल, चास थान चौकस, २७ थान कडी र ११ वटा गोलिया गरी झण्डै १ सय क्युफिट काठ बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बरामद गरिएको काठ सब–डिभिजन बन कार्यालय सबैयामा बुझाइएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button