मकवानपुरबाट एक वर्षमा छ हजारले लिए राहदानी
हेटौँडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।
विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए ।
उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।रासस








प्रतिक्रिया राख्नुहोस्