करणीको आरोपमा बालक पक्राउ
दाङ । बबई गाउँपालिकाबाट करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । बबई ५ की एक तीन वर्षीय बालिकालाई करणी गरेको आरोपमा एक १३ वर्षीया बालकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
आरोपित बालकले तीन बर्षीय बालिकालाई करणी गरी भीरबाट खसाएको तथा कानमा लगाएको सुन समेत लुटेको प्रहरीले आरोप लगाएको छ । बालिकाको हाल बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना पश्चात् फरार रहेका ती बालकलाई ईलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले शनिबार बेलुका पक्राउ गरेको थियो । बालिकाका अभिभावकले सूचना गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले कानूनी कारबाही अघि बढाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले पक्राउ परेका बालकलाई जबरजस्ती करणी र ज्यान मार्ने उद्योग अन्तर्गत कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढेको जानकारी दिनुभएको छ । लुटिएको भनिएको सुन पनि खोजी भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्