तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको छ’

काभ्रेपलाञ्चोक । सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्गठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताउनुभयो ।

मन्त्री चौधरीले मुलुकले गुणस्तरीय नेतृत्व खोजिरहेको उल्लेख गर्दै चरित्रवान् नेता मात्रै मुलुकको नेतृत्वमा पुग्न सक्ने बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले दिउँसो समाजवादको नारा घन्काएर राति पुँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल नहुने बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्लाध्यक्ष एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबा, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, समाजवादी युवा सङ्घका केन्द्रीय सचिव भेषराज शाह लगायतले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button