वीरेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न
सुर्खेत । नेपाल रेडक्रस सोसाइटी उपशाखा नेवारेले सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

रेडक्रसले आँखा अस्पताल सुर्खेत र नेपाल फार्मेसी सङ्घ कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको शिविरबाट ३ सय ७४ जना नागरिकले आँखाको निःशुल्क चेकजाँच गराई औषधि पाएका छन् ।

शिविरमा चेकजाँच गरिएका ३ सय ७४ जना मध्ये ३३ जनामा मोतियाबिन्दु फेला परेको शिविरका संयोजक तुलसीप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले शिविरमा मोतियाविन्दु फेला परेका ३३ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया (अप्रेसन) का लागि आँखा अस्पताल रिफर गरिएको बताउनुभयो । उहाँका अनुसार आँखा अस्पताल रिफर गरिएका बिरामीको यही साउन ८ गते शल्यक्रिया हुनेछ ।

मानवताको हितका लागि सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा प्रत्यक्ष भौतिक सहयोग गर्ने वीरेन्द्रनगर–१२, नम्बर वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र र ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्थालाई समेत रेडक्रसले धन्यवाद व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्