मदन भण्डारी राजमार्ग: बड्डीचौर–खम्बागाडे सडक कालोपत्रे हुँदै
सुर्खेत । पश्चिम सुर्खेत जाने एक मात्र बड्डीचौर–खम्बागाडे सडकको स्तरोन्नति हुने भएको छ ।
सडकको ट्याक खुलेको झण्डै २८ वर्षपछि कर्णाली प्रदेश सरकारको लगानीमा कच्ची सडकलाई पक्की बनाएर स्तरोन्नति गर्न लागिएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डको साँढे १२ किलोमिटरमा मात्र कालोपत्रे गर्न लागिएको छ ।
करिब ९४ किलोमिटर लम्बाइ रहेको बड्डीचौर–गुटु–बेनिघाट सडक अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको मात्र कालोपत्रे कार्यको बिहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शिलान्यास गर्नुभयो ।

सडक कालोपत्रेका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्